माघ २३ गते टाउको गनेर एक लाख मान्छे सडकमा उताछौं : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ २३ गते एक लाख नेता कार्यक्रर्ता सडकमा उतार्ने दाबी गरेका छन् ।

शनिबार सम्पर्क कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संसद विघटन विरुद्ध संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठले त्यसको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

श्रेष्ठले सम्पर्क कमिटीहरुलाई आन्दोलनलनमा सहभागी हुनेहरुको नामसमेत दिन आग्रह समेत गरेका छन् । माघ २३ गते टाउको गनेर एक लाख मान्छे उतार्ने उनको दाबी छ ।

तपाईको प्रतिक्रिया