तापसीले आफ्नो स्टाइल कपी गरेको कंगनाको आरोप

काठमाडाै‌ । बलिउड नायिका कंगना रनावतले नायिका तापसी पन्नुको एक फोटोलाई आफ्नो कपी भन्दै आरोप लगाएकी छिन् । हुनत, नायिका रनावतले तापसीको बिषयमा टिप्पणी गरेको यो पहिलो पटक होइन ।

लकडाउनको समयमा पनि तापसी र कंगनाविच सामाजिक संजालमा वाकयुद्ध नै चलेको थियो । कंगनाले तापसीले पोष्ट गरेको एउटा तस्वीरलाई आफ्नो कपी मात्र भनेकी छैनन्, आफ्नो तुलना बलिउडका नायक अमिताभ बच्चनसँग पनि गरेकी छिन् ।

कंगनाले सामाजिक संजालमा लेखेकी छिन्–‘म निकै नै खुशी छु । तापसीको पुरै अस्तित्व नै मलाई पढ्न र मेरो कपी गर्नमा नै छ । यो निकै नै प्रभावित गर्ने खालको छ । तापसी बाहेक अरु कोही पनि महिला कलाकारले मैलै जस्तै पप कल्चरलाई अगाडि लिएर गएका छैनन् । अमिताभ बच्चनपछि सर्वाधिक नक्कल मेरो हुने गरेको छ ।’

उसो त, कंगनाले तापसीको तस्वीरलाई कपी भनेपनि यो बिषयमा तापसीले केही पनि प्रतिक्रिया दिएकी छैनन् । तर, तापसीले विभिन्न समयमा दिएको अन्तरवार्तामा कंगना र उनकी बहिनी रंगोलीले आफूलाई ह्यारेसमेन्ट गर्ने गरेको उल्लेख गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया