प्रदेश १ ले पायो बलियो लक्ष्य, आसिफको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टोली एपीएफले प्रदेश १ लाई २ सय ४४ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको मौका पाएको एपीएफले ४८।४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४३ रन बनायो।

उसका लागि ओपनर आसिफ शेखले विस्फोटक ब्याटिङ गरे। उनले ३२ बलमा ५ छक्का र ६ चौका हिर्काउँदै सर्वाधिक ५९ रन बनाए। यस्तै, वसन्त रेग्मीले ४०, सन्दीप जोराले ३०, कप्तान शरद भेषावकरले २०, सुवास खकुरेल र किशोर महतोले १९–१९ रन बनाउँदा सुमित महर्जनले १४ र अभिनास बोहरा ६ रनमा नटआउट रहे।

बलिङमा दीपेश कँडेल, श्रवण यादव फिर्दोस अन्सारी र हेमन्त राईले समान दुई–दुई विकेट लिए। जोशक खड्का र सोनु मन्डलले एक(एक विकेट लिए। चौथो संस्करणको पीएम कपको उद्घान खेलमा नेपाल आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ । शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो। प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ।

सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश तथा समूह ‘बी‘ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश छन्। दुवै समूहको शीर्ष दुईरदुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्।

फाइनल खेल १७ माघमा त्रिवि खेल मैदानमा हुनेछ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो। यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ।

तपाईको प्रतिक्रिया