गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । गायक जोसेफ शाही ठकुरीको देउडा शैलीको गीत ‘पियारी’ सार्वजनिक भएको छ। लाइमलाइट नेपाल युट्युव च्यानलबाट पियारी सार्वजनिक भएको हो। जोसेफको आफ्नै शब्द र कोशिष क्षेत्रीको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन छ।

गीत प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। गरिबीले थिचिएपछि धन कमाउन विदेश गएको एक परदेशीले आफ्नी पियारीलाई सम्झाइरहेको कथावस्तु गीतमा समेटिएको छ।

भिडियोमा अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको क्यारिकेचर गरेर चर्चामा आएका कलाकार प्रकाश चन्द, सरस्वती फुयाँल, रत्न डंगोल, रामहरि थापा र रञ्जित मगरको अभिनय हेर्न सकिन्छ। चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन्।


error: Alert: Content is protected !!