अमेरिकी उपराष्ट्रपतिले लगाइन् नेपाली प्रबल गुरुङले डिजाइन गरेको कोट

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस नेपाली डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको कपडा लगाएर प्रार्थना सभामा सहभागी भएकी छन् । विश्वचर्चित डिजाइनर गुरुङले डिजाइन गरेको मरुन कलरको कोट लगाएर अमेरिकी उपराष्ट्रपति ह्यारिस सपथ ग्रहणपछिको प्रार्थना सभामा सहभागी भएकी हुन् ।

डिजाइनर गुरुङले ट्विट्मार्फत यसको जानकारी दिएका छन् । उनले भर्चुअल रूपमा भएको सो सभामा उपराष्ट्रपति ह्यारिसले आफूले डिजाइन गरेको कोट लगाए ट्विटरमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया