बोनम्यारो रोगबाट पीडित शाहीलाई मानेन्द्र चन्द ठकुरीले गरे आर्थिक सहयोग

सुर्खेत । बोनम्यारो रोगबाट पीडित दैलेखको भगवतीमाई गाउँपालिकाका ११ वर्षे दिनेश शाहीलाई मानेन्द्र चन्द ठकुरीले आर्थिक सहयोग गरेका छन् । विरामीका बुबा शारीरीक रुपले कमजोर हुदाहुदै पनी दैनिक मजदुरी गरेर आफ्नो परिवारको जीवन गुजारा गरीरहेका थिए ।

तर बुढेशकालको सहरा दिने ११ वर्षको छोरा अहिले जिवन मरणको दोसादमा छन् । विरामीको अवस्थाबारे दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीबाट जानकारी पाएपछी मन थाम्न नसकेर सहयोग गरेको मानेन्द्र चन्द ठकुरीले बताए । उनी दैलेख नौमुले गाउँपालिका ६ सल्लेरी आटा निवासीहुन् ।

बोनम्यारोका विरामी शाही सिभिल अस्पताल मिनभवनमा उपचारारतछन् । आर्थिक अभाव भएपनि विरामी शाहीको उपचार हुनसक्ने संम्भावना जिवीत छ । संम्भावना जिवीत भएपनी आर्थिक अभावका कारण उपचार हुननसक्ने अवस्था छ । आर्थिक अभावका कारण उनको उपचारमा पनि ढिलाई भएको छ । यही कुरालाई मनन गदै विरामी शाहीलाई बचाउन भन्दै ठकुरीले ५१ ह्जार १ सय ११ रुपैया अस्पताल पुगेर हस्तान्तरण गरेका छन् ।

मानेन्द्रले ४१ ह्जार १ सय ११ रुपैया र दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही र मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले पाँच/पाँच हजार रुपैया सहयोग गरेका हुन् । बवगत ४ वर्षदेखि अमेरीका बस्दै आएका समाजसेवी मानेन्द्र अहिले घर विदामा नेपाल आएको छन् । विरामी शाही पैसा अभाव भएका कारण उनलाई अहिले अप्रेशनका लागि भर्ना गरिएको छैन । तर अवस्था गाह्रो भएपछी अस्पताल पुग्नेगरेका छन् ।

विरामीको उपचारको लागि करिब ३० लाख हाराहारी रकम लाग्ने अस्पतालले जनाएको छ । अहिलेसम्म उपचारको लागि पैसा नभएका कारण अस्पताल भर्ना गर्न नसकिएको विरामीका कुरुवा अर्थात ठुलो बाबा अमृत बिक्रम शाहीले बताए ।

तपाईको प्रतिक्रिया