तीन जना बोकेको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धनगढी- धनगढीमा तीन जना बोकेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

धनगढी उप-महानगरपालिका–६, मटियारीमा सु प प्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रोहित रानाको मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँका १९ वर्षीय कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का १९ वर्षीय मिलेन्द्र राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

रोहित रानाको उपचारको क्रममा मृत्यु भएको र घाइते दुई जनाको उपचार भइरहेको बिष्टले बताए।

तपाईको प्रतिक्रिया