सल्यानमा रक्सी खाने पैसा नभएपछि आफ्नै घरमा चोरी गर्ने तीन पक्राउ

सल्यान । मादक पदार्थ सेवन गर्ने पैसा नभएपछि सल्यानमा आफ्नै घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन्। दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा  दार्मा गाउँपालिका-२ मेलटाकुरीका २८ वर्षीय लाल बहादुर सुनार, बनगाड कुपिण्डे नगरपालिका-५ को २७ वर्षीय मेघराज साहु र चोरीका गरगहना किन्ने सिद्ध कुमाख गाउँपालिका-३ ढोरचौरमा सुन पसल गर्दै आइरहेका ३० वर्षीय वीर बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सुनारले ६ आनाका सुनका कानमा लगाउने बाली, १५ हजार रुपैयाँ बराबरको मोबाइल र साहुले एक तोला सुनको सिक्री, एक तोलाकै सुनको बाला, नागरिकताको प्रमाण पत्र र लत्ताकपडा चोरी गरेको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गर्न परिवारले पैसा नदिएपछि आफ्नै घरमा चोरी गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका भइरहेको उनको भनाए छ।

तपाईको प्रतिक्रिया