हेटौंडा गोल्डकप : फाइनलमा स्थान सुरक्षित गर्न विजय युथ र बागमती भिड्दै

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक विजय युथ क्लब, हेटौंडा र बागमती युवा क्लब सर्लाहीबीच सेमिफाइनल खेल हुँदैछ।

खेल दिउँसो ३ बजे वन-विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ। आज जित्ने टिमले पर्सी माघ २३ गते फाइनल उपाधिका लागि सेन्ट्रल कलेज भरतपुरसँग प्रतिष्पर्धा गर्नुपर्नेछ।

गोल्डकपको हिजो (मंगलबार) को सेमिफाइनल खेलमा हर्दी युवा समाज राप्तीलाई हराउँदै भरतपुरले फाइनलको यात्रा तय गरेको थियो। प्रतियोगितामा विजयी टिमले उपाधिसहित नगद ३ लाख रुपैयाँ नगद हात पार्नेछ भने उप-विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्‌।

तपाईको प्रतिक्रिया