सुर्खेतमा निकालिएको राके जुलुशमा प्रहरीको हस्तक्षेप (भिडियाे रिपाेर्ट)

सुर्खेत । विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले नेपाल बन्द घोषणा गरेको पूर्व सन्ध्यामा वीरेन्द्रनगरमा मसाल जुलुश निकालेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनचौकमा राके जुलुश बालेर विरोध जनाइरहेको बेला प्रहरीले हस्तक्षेप गरेको हाे ।

उनीहरुले राके जुलुश बालेको केही समयमै प्रहरी पुगेर आगो निभाएको छ । राके जुलशुमा सहभागीलाई प्रहरीले लखेटेकोछ । विहीबार देशव्यापी आन्दोलनलाई सफल पाुर्नपर्ने भन्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली विरुद्ध उनीहरुले चर्को नारा लगाएका थिए । यता संवैधानिक निकायमा पदाधिकारीहरूलाई नियुक्त तथा शपथ गराएको विरोधमा प्रचण्ड नेपाल पक्षले बिहीबार आमहड्ताल गर्ने निर्णय गरेको छ ।

आकस्मिक रूपमा सार्वजनिक गरिएको संघर्षको नयाँ कार्यक्रम अनुसार बुधबार साँझ देशभर मसाल जुलुस र विहीबार आमहड्ताल तय गरिएको छ ।

संघर्षका कार्यक्रम सार्वजनिक गर्दै समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहड्ताल आफूहरूको बाध्यता भएको बताएका छन । देशव्यापी आव्हान गरिने आमहड्तालमा अत्यावश्यक सेवामा भने कुनै रोक नलगाउने श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया