सुर्खेतमा आक्रामक बन्दै प्रचण्ड–नेपाल कार्यकर्ता, कस्तो छ प्रभाव ? (भिडियो रिपोर्ट)

सुर्खेत । संवैधानिक निकायमा गरेको नियुक्तीको विरोध जनाउँदै आज प्रचण्ड–नेपाल पक्षले देशव्यापी आम हडताल गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विहानैदेखि बन्द गराउँदै प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता सडकमा निस्किएका छन् ।

उनीहरुले यरिचौक र मंगलगढी चौकमा प्रदर्शन गर्दै छिटफुट सञ्चालनमा आएका सवारीहरुलाई रोकिरहेका छन् । आन्दोलन शान्तिपूर्ण हुने र अटेरी गरे आक्रामक समेत बन्ने नेकपा वीरेन्द्रनगर नगर कमिटीका अध्यक्ष गंगाराम तिमिल्सेनाले जानकारी दिए । उनले दिनभर प्रदर्शन र¥याली निकाल्ने कार्यतालिका तय भएको बताए ।

तपाईको प्रतिक्रिया