अभावले संघर्ष गर्न सिकायो, अनि व्यापारी बनायो

अभाव र संघर्षले नै मानवलाई केही गर्न सिकाउँछ । त्यही अभाव र संघर्षका विच एक कुशल र प्रतिष्ठित व्यवसायीको छाप बनाएका व्यवसायी हुन राजु गहतराज । २०३४ सालमा वीरेन्द्रनगरमा जन्मिएका राजुले बाल्यकालदेखि नै संघर्षको मैदानमा उत्रिन बाध्य भए । दैनिक दुई छाक टार्नैका लागि उनले पढाईलाई निरन्तर दिन सकेनन् । १३ वर्षकै उमेरमा उनले पारिवारिक रुपमा संकट आर्थिकलाई थोरै भएपनि मजवुत बनाउन संघर्ष गर्नु परेको थियो । सानैमा बुवा गुमाएपछि परिवारमा थप विचलन आयो । उनले संघर्ष गर्न थालेपछि थोरै भएपनि आम्दानी हुन्थ्यो । परिवारमा चुलो बल्थ्यो । छाक टार्नमा थप सहज बन्दै थियो ।

संघर्ष गर्दै गर्दा उनले आफ्नै लगानीमा व्यवसाय आरम्भ गर्ने तयारी गरिरहेको बेला आमा गुमाए । वुवापछिको अभिभावक उनको आमा नै थिइन् । उनको प्रेरणाबाट जिन्दगीले सार्थकता पाउनै लाग्दा छोराले सुरुवात गर्न लागेको व्यवसाय हेर्न नपाउँदा आमा गुमाएपछि उनलाई थप संकट आइलाग्यो । जन्मेपछि एकदिन धर्ती छोड्नु नै पर्छ । तर वितेका घटनालाई सम्झेर केही हुनेवाला थिएन् । त्यसपछि उनले आफ्नै लगानीमा व्यवसाय आरम्भ गरे । कुनै बेला मिस्त्रीको काम गर्ने राजु अहिले उद्योगको मालिक बनेका छन् । जीवन संघर्षबारे राजु फर्निचर उद्योगका सञ्चालक राजु गहतराजसँग प्रदेश रैबारकर्मीले गरेको कुराकानीको सम्पादित अंशः

थोमस एडिसनको एक भनाइ छ, ‘प्रतिभा एक प्रतिशत प्रेरणा हो भने, ९९ प्रतिशत कडा परिश्रम र पसिना हो ।’ त्यही भनाइसरी संघर्षको मैदानमा उत्रेका प्रतिष्ठित व्यापारी हुन् राजु गहतराज । बाल्यकालमा कयौं सपना हुन्छन्, पढ्ने र हुर्कदैं गर्दा जिन्दगीमा यो बन्छु भन्ने सोच्न नपाउँदै राजु संघर्षको मैदानमा उत्रिए । पारिवारिक रुपमा आर्थिक अभावका कारण उनको पाइला मोडियो । १३ वर्षकै उमेरमा उनले संघर्षको यात्रा सुरु गरे । हालको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अक्षर चिनेका राजुले कक्षा पाँचसम्मको पढाइ पूरा गरे ।

परिवारका सात दिदी र एक दाजुमध्य कान्छो हुन् उनी । ‘पढ्ने चाहना हुँदाहुँदै पनि पढ्न सकिन्,’ राजु भन्छन्, ‘त्यो बेला आर्थिक अभावकै कारण आफै संघर्ष नगर्दासम्म छाक टार्नै सकस हुने भएपछि अन्तत पढाइ छाडे ।’ उनले १३ वर्षकै उमेरमा काम सुरु गरे । उनका दाजु (टोपबहादुर गहतराज) ले फर्निचर सम्बन्धी काम गरिरहेका थिए । उनले दाजुसँगै काम गर्ने निधोमा पुगे । दाजुले फर्निचरसम्बन्धी पूरै काम सिकेकाले जेनतेन दाजुसँगै काम सिक्दै आफूलाई निखारता ल्याए । पाँच वर्षसम्म दाजुसँगै काम गरे । त्यो अवधिसम्म उनले वीरेन्द्रनगरका कयौं घरमा काठ सम्बन्धी काम गरेको बताउँछन् । त्यसपछि उनले राजु फर्निचर नाम दिएर २०६१ सालमा २० हजार ऋण लिएर काम थाले ।

एउटा कटर मेशीनबाट फर्निचरको काम थालेका उनले आफै मालिक र आफै कामदार भएर काम गरे । परिवारको आर्थिक अभावलाई उनले गरेको कामबाट आम्दानी हुने रकमले केही राहत पु¥यायो । ‘आफैले फर्निचर उद्योग खोल्दा आफै कटर मेशीन बोकेर घर–घरमा पुगेर झ्याल ढोका बनाउने काम पनि गर्थे,’ राजु भन्छन्, ‘एक गासका लागि संघर्ष गर्नुपर्ने बाध्यता थियो, विचलित नभएर आफ्नो पेशाप्रति कटिवद्ध भएर काम गर्नमा अग्रसर भइरहे ।’

२०७३ मा उद्योग मालिक
काम गर्दै जाँदा आफूसँगैका साथीहरुले पढि सकेकाका थिए । उनी भने दैनिक खर्चको जोहो गर्न व्यवसायीक काम गरिरहेका थिए । ‘काम गरिरहेको बेला पढ्न नपाउँदा आत्मग्लानी हुन्थ्यो,’ राजु भन्छन्, ‘बाध्यताले काममा फर्किएको थिए, त्यसैले होला बाल्यकालका हरेक सपना भुल्नुपर्ने परिस्थिति थियो ।’ २०७३ साल अघिसम्म आफै कामदार भएर काम गरेका राजुले त्यसपछि भने फर्निचर व्यवसायलाई उद्योगमा रुपान्तरण गरे ।

२० हजारको लगानीबाट सुरु गरिएको व्यवसायलाई उनले हालसम्म तीन करोड लगानीमा सञ्चालन गरिरहेका छन् । ६ जनालाई रोजगारी दिएर सुरु गरिएको उद्योगमा हाल ४० जनालाई रोजगारी दिएका छन् ।

बाल्यकालमै अभावै अभाव
सानैदेखि दुःख पाएका राजुले १० वर्षको उमेरमा बुवालाई गुमाए । घरको मुख्य अभिभावक नै गुमाएपछि राजुको जिन्दगीमा अभावै अभाव सुरु भए । ‘गरीबको घरमा साँझ खाए बिहान के खाने बिहान खाए साँझ के खाने भन्ने जस्ता अभावहरु थिए, एक छाककै लागि कमाउनुपथ्र्यो, अलिकति पैसा कमाएपछि आजका छाक टर्ने भयो भन्ने हुन्थ्यो,’ राजुले विगत सम्झदै भने, ‘छाक टार्नकै लागि गरिएको संघर्षले पढाइप्रति सोच्ने कुनै समय हुँदैन्थ्यो ।

बाल्यकालका अनेकौं पीडाले संघर्ष गर्न भने सिकाइरहयो ।’ व्यवसायिक यात्रामा काम गर्दै र कमाउँदै जाँदा अहिले पढाइको खाँचो भएको छ । तर पढाइको महसुस गरेपनि पढ्न सकिने अवस्था नभएको राजुको भनाइ छ ।

संघर्ष नै जिन्दगी
संघर्ष नै जिन्दगी भएको बताउने राजुले भन्छन्, ‘अब ईच्छा र आकांक्षा मरिसकेका छन् बरु व्यवसायलाई थप कसरी व्यवस्थित गर्नुपर्छ भन्नेतर्फ ध्यान जान्छ ।’ आफूलाई जति बेला आवश्यकता थियो त्यो बेला प्रयाप्त सम्पत्ती थिएनन् । बाँच्नकै लागि संघर्षको मैदानमा ती सबै सपना विलय भएका थिए । संघर्ष र अनुभवले काम प्रति लगाव बढाइ रह्यो ।

त्यसले होला हरेक ईच्छा र आकांक्षाहरु मरिसकेको उनको भनाइ छ । हिजो अभावका लागि गरिएको संघर्षमा आज राजुलाई नपुग्ने केही छैन् । आफूले पढ्न नपाए पनि छोरा र छोरीहरुको पढाइलाई अब्बल बनाउनतर्फ पनि केन्द्रित छन् । ‘संघर्षविना जिन्दगीले सार्थकता भने पाउँदैन,’ राजुले थपे, ‘आफूले तय गरेको गन्तव्य पछ्याइरह्यो भने, जिन्दगीमा खास सफलता हात लाग्छ । त्यसैले विचलित नभएर कामप्रति लगाव भने राखिराख्नुपर्छ ।’

श्रीमतीको योगदान
राजुले पाएको व्यवसायिक सफलतामा उनको श्रीमती ईन्द्रा गहतराजको ठूलो योगदान छ । राजुले उद्योगको निगरानी राख्न नपाएको समयमा उनकै श्रीमतीले व्यवसायलाई उचाईंमा पु¥याउन साथ दिइरहकी छन् । सधैं उद्योगलाई सम्हाल्न नसकेको बेला श्रीमतीले उच्च मनोवलका साथ व्यवसाय सम्हाल्दा राजुलाई थप हौसला र प्रेरणा मिलेको छ ।

व्यवसायिक यात्रामा अप्ठ्यारो पर्दा होस् या कुनै कठिन मोडमा तनाव झेलिरहेको बेला श्रीमतीले राजुलाई काँधमा काँध थामिदिएपछि उनको यो यात्रालाई थप व्यवस्थित र लयमा व्यवसायलाई पु¥याउन सहज र सरल बनेको छ । उनले गरेको कामप्रति आफू सन्तुष्ट छन् । ‘हिजो छाक टार्ने व्यवसाय पनि यहीँ भयो, र पेशा पनि यही भयो त्यसैले यसलाई निरन्तर दिइरहेको छु,’ राजुले थपे, ‘विगतको देनले नै यो स्थानमा पु¥याएकोले आफ्नो व्यापारबाट पूर्ण सन्तुष्ट छु ।’

अबको योजना
फर्निचर उद्योगसँगै राजुले अब काप्रेट, सीसा र प्लाइउड व्यवसायको शुरुवात गर्ने योजनामा छन् । छोराले १२ पास गरेकाले पढाइसँगै व्यवसायमा होमिने यात्रा तय गरेपछि छोराको चाहनाअनुसार व्यवसायमा रुपान्तरण गर्दैछन् ।

अहिले सञ्चालनरत राजु फर्निचर उद्योगबाट ग्राहकको माग र समयानुकल घरायसी प्रायोजनका सबै काठबाट निर्मित सामग्रीहरु तयार गरेर सन्तुष्ट पारिरहेका छन् । यो उद्योगलाई अझै ग्राहकहरुको चाहना अनुसारका सामग्री पुु¥याउनमा लल्लिन छन् । फर्निचर उद्योगमा अनुभव बढी चाहिने भएकोले उनले हालसम्म सिकेको कार्य अनुभवका अनुसार आफ्नो सीप लागू गरिरहेका छन् ।

error: Alert: Content is protected !!