श्री एयरलाइन्सले पनि पायो काठमाडौं–सुर्खेत उडान अनुमति

सुर्खेत । नेपालको नीजि वायुसेवा कम्पनी श्री एयर लाइन्सले काठमाडौं–सुर्खेत उडानका लागि अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडानको लागि श्री एयरलाइन्सले अनुमति पाएको हो ।

क्यानबाट श्री एयरलाइन्सले अनुमति पाएसँगै परीक्षण उडानका लागि आज अनुमति पाउदैछ । आज परीक्षण उडानको अनुमति पाएपछि शनिवार सुर्खेत विमानस्थलमा टर्बोप्रोप क्यू–४०० जहाजमार्फत परीक्षण गर्न लागेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । यो ८० सीट क्षमताको जहाज हो ।

परीक्षण उडान सफल भएमा एक महिनाभित्रै नियमित रुपमा काठमाडौं–सुर्खेत उडानको तालिका सार्वजनिक गर्ने योजनामा रहेको प्रवक्ता मानन्धरले बताए ।

‘सुर्खेतसँग सिँधै हवाई मार्गबाट जोड्न कम्पनीले धेरै पहिलेबाट प्रयासरहत थियो जुन आज हामीले अनुमति पाएका छौं,’ मानन्धरले भन्नुभयो, ‘परीक्षण उडान सफल भएमा कर्णालीको पर्यटनलाई प्रवद्र्धन गर्नमा श्री एयरलाइन्सको पनि साथ र योगदान रहनेछ विश्वास लिएका छौं ।’


error: Alert: Content is protected !!