उत्तरी अफगानिस्तानमा भएको झडपमा २६ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकु र १० तालिवान लडाकुको मृत्यु भएको छ। झडपमा सरकार समर्थक लडाकुका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको  जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताएका छन्।

तालिवान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ। तालिवान लडाकु पाँचसहित नौ जना घाइते भएका पनि साफीले बताए। सयौं तालिवान लडाकुहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकुमाथि आक्रमण गरेका थिए।

उक्त आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन्। कुन्दुज प्रान्तीय परिषदका प्रमुख मोहम्मद युसुफले यस झडपमा सरकार समर्थक १६ लडाकुको मृत्यु भएको पुष्टि गर्नु भएको छ। तालिवान लडाकु समूहले भने यस झडप र हताहतीको कुनै टिप्पणी गरेको छैन।

तपाईको प्रतिक्रिया