ट्रम्पलाई संवेदनशील सूचना दिन हुन्न– राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषयको ब्रिफिङ्ग दिन नहुने बताउनुभएको छ ।

ट्रम्पको अनिश्चित व्यवहारका कारण उनलाई संवेदनशील सूचनाहरूको जानकारी दिनु उपयुक्त नहुने बताउनुभएको हो । अमेरिकामा पूर्व राष्ट्रपतिहरूलाई शिष्टाचारको रूपमा राष्ट्रिय सुरक्षासम्बन्धी विषयहरूमा जानकारी दिने परम्परा रहेको छ ।

सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति बाइडेनले सो परम्परा ट्रम्पका हकमा लागू नहुने उल्लेख गर्नुभयो । उहाँले ट्रम्पको अस्थिर व्यवहारका कारण संवेदनशील सूचनामा पहुँच दिन नहुने बताउनुभयो ।

गोपनीय सूचनाहरू आफूमा मात्रै सीमित गर्ने क्षमता ट्रम्पमा छ भन्ने विश्वास गर्न नसकिने राष्ट्रपति बाइडेनको भनाइ छ ।

तपाईको प्रतिक्रिया