रामायणको प्रसंग – १४ वर्षे वनवासमा लक्ष्मण एक सेकेण्डपनि निदाएनन् किन ?

रामायणका धेरै रोचक प्रसंगहरू छन् । वाल्मिकी ऋषिले लेखेको रामायणका बारेमा अहिलेसम्म हजारौंपटक अध्ययन र अनुसन्धान भएका छन् ।

रामायणमा रामका भाइ लक्ष्मणसँग जोडिएको एक रोचक प्रसंग छ ।

यस्तो मानिन्छ कि १४ वर्ष वनवास बस्दा लक्ष्मण एकपटक पनि निदाएनन् । आफ्नो दाइ राम र भाउजु सीताको रक्षाका लागि उनी २४ सै घण्टा जागा रहन चाहन्थे । यसै कारणले लक्ष्मणलाई ‘गुदाकेश’ पनि भनेर बोलाउने गरिन्छ ।

वनवासको पहिलो रात जब राम र सीता सुतिरहेका थिए त्यतिबेला निन्द्रादेवी लक्ष्मणसामू प्रकात भइन् । लक्ष्मणले निन्द्रादेवीसँग १४ वर्ष वनवासको समयमा आफूलाई एकपटक पनि निद नआओस भनी बरदान मागे ।

निन्द्रादेवीले किन यस्तो वर मागेको भनेर सोधिन । त्यसपछि लक्ष्मणले आफू सुते दाइ भाउजुको सुरक्षाका कसले गर्छ भनी प्रश्न गरे ।

निन्द्रादेवी प्रसन्न भएर भनिन्, ‘यदि तिमि सुत्न चाहन्नौ भने तिम्रो सट्टा अरू कोही सुतिदिनुपर्छ । तबमात्र तिमीलाई यो वरदान प्राप्त हुन सक्छ ।’

त्यसपछि लक्ष्मणले आफ्नी पत्नी तथा सीताकी बहिनी उर्मिलासँग सल्लाह गरे ।

उर्मिला १४ वर्षसम्म सुतिरहन तयार भइन् ।

तपाईको प्रतिक्रिया