रुकुमकाे सिस्ने गाउँपालिकाले थाल्यो छोरी बिमा कार्यक्रम

रुकुम (पूर्व) । सिस्ने गाउँपालिकाले सञ्चालन गरेको छोरी बिमा कार्यक्रम आइतबारबाट आरम्भ भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रमा जन्मने छोरीको बिमा गर्ने निर्णय गरेको थियो। चालु आर्थिक वर्षमा जन्मिका छोरीको बिमा हुने गाउँपालिकाले जनाएको छ।

सिस्ने गाउँकार्यपालिकाको ५८ औं बैठकले पारित गरेको यो निर्णय गाउँसभाको हिउँदे अधिवेशनबाट पनि अनुमोदन गरिएको हो। बैंकमा खाता खोलेर हरेक छोरीको नाममा ५-५ हजार रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिनेछ।

गाउँपालिकाले सञ्चालनमा लिएको छोरी बिमा कार्यक्रम आइतबार सिस्ने–३ पागांका चार महिनाकी सीमा खड्काको कृषि विकास बैंकमा खाता खोली छोरी बिमा कार्यक्रम आरम्भ गरिएको गाउँपालिका अध्यक्ष कुमारी बराल गौतमले बताइन्। गाउँपालिकाले छोरीको बिमा गर्न आवश्यक प्रक्रियामा जान सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

गत साउन महिनायता जन्मेका छोरीको अभिभावकले जसले छोटो गर्नेछन् उनीहरूको छोरीको बचत रकमको ब्याजदर २० वर्ष उमेर पुग्दा ब्याजदर बढी पाउने अध्यक्ष बरालको भनाइ रहकेको छ। जन्मनासाथ छोरीको बिमा अभिभावकले गरी दिए २० वर्ष सम्ममा गाउँपालिकाले ५ हजार रकम जम्मा गरिदिएको ब्याजदर ५० हजार भन्दा बढी हुने उनले बताइन्।

 तोकिएको मापदण्ड पूरा गरेर वडा कार्यालय मार्फत गाउँपालिकामा आएर छोरीको बिमा गरिदिन गाउँलेलाई सूचित गरेको हो । स्वास्थ्य, शिक्षा, सचेतना, जागरणका लागि छोरी बिमा कार्यक्रम शुरु गरिएको गाउँपालिकाले जनाएको छ । यसबाट रूपान्तरणको अभियान शुरु भएको गाउँपालिका अध्यक्षले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया