संसद विघटन मुद्दामा भोलि बहस नहुने

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने बताए ।

अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ । संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीको निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया