शताब्दिकै उत्कृष्ट प्रदर्शन, सुआरेजले तोडे रोनाल्डोको रेकर्ड

उरुग्वेका एट्लेटिको स्टार लुइस सुआरेजले युभेन्टसका क्रिस्टियानो रोनाल्डोको कीर्तिमान भंग गरेका छन्। उनी यो शताब्दीमा कुनै क्लबका लागि स्पेनिस लालिगामा सर्वाधिक चाँडो १६ गोल गर्ने खेलाडी बनेका छन्।

यसअघि यो रेकर्ड क्रिश्टियानो रोनाल्डोका नाममा रहेको थियो। उनले २००९/१० मा रियल म्याड्रिडका लागि १७ खेलमा १५ गोल गरेका थिए।

१७ खेलमा १६ गोल

सुआरेज यो सिजनमात्र बार्सिलोनाबाट फ्री ट्रान्सफरबाट एट्लेटिको म्याड्रिड आएका थिए। आएदेखि नै उनको उत्कृष्ट फर्म जारी छ। उनले नयाँ क्लबका लागि १७ खेलमा १६ गोल गरिसकेका छन्। मंगलबार पनि उनले सेल्टाविरुद्ध २–२ को बराबरीमा दुवै गोल आफ्नो नाममा पार्न सफल भए।

उनी जारी सिजन सर्वाधिक गोल गर्नै खेलाडीको शीर्ष स्थानमा समेत छन्। सुआरेजले १६ गोल गर्दा युसफ एन नेसिरी र लियोनेल मेसीले समान १३ गोल गरेका छन्।

२००९ मा रोनाल्डोको १५ गोल

सुआरेज अघि रोनाल्डोले २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेर रिलय म्याड्रिडमा आबद्ध भएका थिए। सोही समयमा उनले यो उपलब्धि हासिल गरेका थिए। सुआरेज भने २०१४ मा बार्सिलोना आएका थिए। उनले २८३ खेलमा १९५ गोल गरेका थिए। उनी क्लबका तेस्रो सर्वाधिक गोलकर्ता हुन्।

सुआरेज कोम्यानको सिकार 

२०२० मा बार्सिलोनाका प्रशिक्षक रहेका रोनाल्ड कोम्यानले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी समालेका थिए। उनले टिमबाट सुआरेजलाई बाहिर राखेपछि उनी एट्लेटिको म्याड्रिड लागेका हुन्।

सुआरेजले अहिलेसम्म करिअरमा ६ क्लबका लागि खेलिसकेका छन्। उनले कुल ४१९ क्बल खेलबाट २३७ गोल गरेका छन्। उरुग्वेका लागि उनले ११६ खेलबाट ६३ गोल सम्भव बनाएका छन्। सुआरेजले बार्सिलोनाका लागि नै सर्वाधिक गोल गरेका छन्।

तपाईको प्रतिक्रिया