राजस्थान अदालतमा सलमान खानमाथि लागेको मुद्‍दा खारेज

काठमाडाैं । बलिउड सुपरस्टार सलमान खानलाई हतियार इजाजतपत्रसम्बन्धी मुद्‍दा खारेज गरिदिएको छ। अदालतले खानको पक्षमा फैसला गरेपछि खानलाई राहत मिलेको छ। बिहीबार राजस्थान अदालतमा खानमाथि लागेको मुद्‍दा खारेज गरिदिएको छ।

अदालतमा उनको विरुद्धको राजस्थान सरकारले मुद्‍दा दायर गरेको थियो। मुद्‍दा खारेज भएपछि खानले फ्यानहरूलाई धन्यवाद दिएका छन्। खानमाथि कालो हरिणको शिकार गर्दा प्रयोग गरेको हतियार इजाजत मिति सकिएको बताइएको थियो।

खानका वकिल एचएम सारस्वतले अदालतले राज्य सरकारले हालेको मुद्‍दा  खारेज गरिदिएको बताए। उनले भने, ‘यस केसमा त्यति धेरै शक्ति थिएन र आरोपहरू केवल उत्पीडनको उद्देश्यले गरिएको थियो।’

तपाईको प्रतिक्रिया