कोरोनाबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु

ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ। उक्त अवधिमा ब्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्तिमा कोरोना संक्रमित देखिएको छ।

सांकेतिक तस्वीर

यससँगै कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको छ। ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरुभए यता हालसमम २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

कोरोना भाइरसबाट  विश्वभरी १० करोड ८३ लाख भन्दा बढी संक्रमित भएका छन्। यसको संक्रमणको कारण  विश्वभरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ। सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट ८ करोड ३ लाख ६० हजारभन्दा बढी व्यक्ति मुक्त भएका छन्।

तपाईको प्रतिक्रिया