हिमाली क्षेत्रमा हिमपात तथा पश्चिमका पहाडी भूभागमा वर्षाकाे सम्भावना

काठमाण्डाै – आज पश्चिमका पहाडी क्षेत्रका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

अरु ठाउँको मौसम पनि राम्रोसँग नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । आज देशभर घाम राम्रोसँग नलाग्ने र मौसम राम्रोसँग नखुल्ने मौसमविद् नगरकोटीको भनाइ छ ।

यस्तै तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।

यस्तै अहिले अरु पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ भने बाँकी ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको मौसमविद्ले बताएका छन् ।

तपाईको प्रतिक्रिया