बच्चालाई बचाउने क्रममा बिरालोले ज्यान गुमायो, दुनियाँको सबैभन्दा विषालु सर्पसँग एक्लै भिड्यो

काठमाडौं । अष्ट्रेलियाको सर्वाधिक विषालु सर्पबाट दुई बच्चालाई जोगाउने क्रममा एक घरपालुवा बिरालोको मृत्यु भएको छ । अष्ट्रेलियाको क्विन्स्ल्याण्डस्थित आफ्नो घरको पछाडि पट्टी खेलिरहेका बेला इस्टर्न ब्राउन प्रजातिको सर्प ती बच्चा नजिकै पुग्यो ।

‘इस्टर्न ब्राउन’ प्रजातिको सर्प अत्यधिक रिसाहा, तीब्र गतिको र नराम्रो बानीका कारण चर्चित छ । यो प्रजातिको सर्पको विष संसारकै दोस्रो विषालू मानिन्छ । आर्थर नामको उक्त बिरालोले बच्चातिर लम्किरहेको सर्पलाई देखिहाल्यो र हर्कतमा आइहाल्यो ।

बिरालो उक्त सर्पसँग लड्यो, मार्यो पनि । दुर्भाग्यवश, त्यो क्रममा सर्पले बिरालोलाई टोक्यो । उक्त बिरालो ढल्यो तर केही नभए जसरी पुनः तङ्ग्रियो । यद्यपि, त्यसको भोलिपल्ट बिहान विषका कारण आर्थर ढल्यो । परिवारले बिरालो ढलेको अवस्थामा भेटे र तानाह्वा अस्पताल पुर्याए तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो ।

तपाईको प्रतिक्रिया