प्रहरीसमक्ष आरोपीको बयान : प्रयास मात्र गरें, बलात्कार गरिनँ

कैलाली । भागरथी हत्या आरोपमा समातिएका दिनेश भट्टले भागरथीको घाँटी थिचेर हत्या गरेको तर बलात्कार नगरेको बयान दिएका छन्। आरोपी दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआइजी उत्तमराज सुवेदीले बताए।

हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ। ‘अनुसन्धानबाट उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याबलगायत अन्य रिपोर्ट आएपछि हामी थप तथ्य बाहिर ल्याउन सक्छौं।’

यसैबीच भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले दिनेशविरुद्ध जबर्जस्ती करणी र ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया