सुर्खेतका किसानलाई कृषि सामग्री वितरण

सुर्खेत । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुर्खेतले जिल्लाका किसानलाई मिनिटिलर वितरण गरेको छ । शुक्रबार कार्यालय परिसरमा आयोजित सामाग्री हस्तान्त्रण कार्यक्रमको अवसरमा सुर्खेतका १६ जना किसानलाई अनुदानमा मिनिटिलर वितरण गरिएको हो ।

कर्णाली प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उक्त मिनिटिलरहरु किसानलाई हस्तान्त्रण गरेकी हुन् । मिनिटिलर हस्तान्त्रण गर्दै मन्त्री केसीले किसानलाई सामाग्रीको सही सदुपयोग गर्न अनुरोध गरिन् ।

परम्परागत भन्दा आधुनिक कृषि खेती प्रणालीले सहज र उत्पादन बृद्धि हुने भन्दै सबै कृषकलाई आधुनिक खेती प्रणालीबारे जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ । परियोजना कार्यान्वयन इकाइ सुर्खेतको ५० प्रतिशत अनुदानमा समूह, सहकारी तथा निजी फर्मका किसानले मिनिटिलर पाएका छन् ।

परियोजना कार्यान्वयन इकाइ सुर्खेतका प्रमुख हरीप्रसाद पण्डितका अनुसार शुत्रबार १६ र यसअघि १४ मिनिटिलर किसानलाई हस्तान्त्रण गरिएका छन् । भने वार्षिक स्विकृत कार्यक्रम अनुसार ६० हटा मिनिटिलरहस्तान्त्रण गर्ने कार्यक्रम छ । जसका लागि ३० लाख बजेट स्विकृत भएको उनले बताए ।

तपाईको प्रतिक्रिया