पत्रकारलाई धम्कीदिने मेयरप्रति महासंघको ध्यानाकर्षण

सुर्खेत । जुम्लाको चन्दननाथ नगर प्रमुख कान्तिका सेजुवालले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले ध्यानाकर्षण जनाएको छ ।

जुम्ला स्थित थाहाँखबर रिपोर्टर दिलमाया शाहीले नगरपालिकाको विकास बजेटबाट मेयरका आफन्तको जग्गा घेरवार गरेको प्रशंगबारे समाचार लेखेपछि नगरप्रमुख सुजुवालले टेलिफोन मार्फत रिपोर्टर शाहीलाई धम्की दिएकी थिइन् । उक्त धम्की दिने कार्य गलत भएको ठहर गर्दै महासंघले ध्यानाकर्षण जनाएको हो । तर यस घटनाप्रति जुम्लास्थित संचारमाध्ययम, पत्रकार तथा पत्रकार महासंघ शाखा र जिल्लाका सरोकारवाला मौन छन् ।

यो पनि पढ्नुहोस् : विकास बजेटले मेयरका आफन्तको जग्गा घेरबार

मेयर सेजुवालले पत्रकार शाहीलाई टेलिफोन मार्फत धम्की दिएपछि महासंघले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘अशिष्ट, असभ्य भाषा प्रयोग गरी धम्की दिएको घटनाप्रति महासंघ गम्भिर ध्यानाकर्षण जनाउँछ । प्रकाशित समाचारप्रति चित्त नबुझेमा खण्डन गर्ने र कानुनी प्रक्रियामा जाने बाटो हुदाँहुदैयस्तो कार्य गर्नुले पत्रकारलाई असुरक्षित बनाउनुका साथै सार्वजनिक पद धारण गरेका जिम्मेवार व्यक्तिबाट प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको हाम्रो ठहर छ ।’

महासचिव दिपेन्द्र शर्माद्धारा हस्ताक्षरीत विज्ञप्तीमा पत्रकारमाथि यस्ता हर्कत बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिदै स्वतन्त्र निर्भयका साथ पत्रकारीतता गर्ने वातावरण मिलाउन सम्बन्धित पक्षसँग अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया