सर्वोच्चको फैसला लोकतन्त्रको जित हो – माधवकुमार नेपाल

नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई लोकतन्त्रको जित भनी टिप्पणी गरेका छन् ।

 अध्यक्ष नेपालले भने – ‘अदालतले लोकतन्त्रको जित गराएको छ । यो नेपाली जनताको पनि जित हो ।’

मंगलवार सर्वोच्चको संवैधानिक इजलासले १३ दिनभित्र बैठक बोलाउने गरी प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको छ ।

तपाईको प्रतिक्रिया