इक्वेडरमा तीन वटा कारागारमा हिंसात्मक झडप, कम्तिमा ६२ को मृत्यु

एजेन्सी । लेटिन अमेरिकी मुलुक इक्वेडरमा तीन छुट्टाछुट्टै कारागारमा भएको झडपमा ६२ जना मारिएका छन् । कारागारमा दुई विरोधी समुहबिच झडप भएको हो । चक्कु र गोली प्रहारबाट यती धेरैको मृत्यु भएको बताईएको छ ।

क्वेडरको कुएङ्का, लाटाकुङ्गा र ग्वेकिल शहरका कारागारमा स्थानिय समय अनुसार सोमबार राती झडप भएको हो । कारागारमा आफ्नो नियन्त्रण जमाउन प्रयासरत दुई समुहबिच झडप हुँदा कम्तिमा ६२ जनाको ज्यान गएको इक्वेडरको कारागार एजेन्सी प्रमुख एड्मुन्डो मोन्कायोले जानकारी दिनुभयो ।

हिंसा चिर्किएपछि थप ८ सय प्रहरीको मद्दतमा प्रशशनले कारागारलाई आफ्नो नियन्त्रणमा लिएको छ । एउटा कारागारमा सुरक्षाकर्मीलाई कैदीहरुले बन्धक बनाएपछि झडप सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया