जसले बनाए सुर्खेतमा ‘अर्ध नारेश्वर’, दर्शनार्थीलाई खुला गर्ने यस्ताे छ तयारी

सुर्खेत । दोस्रो लुम्बिनीको रुपमा परिचित मन्दिर हो सुर्खेतको काँक्रेविहार । यसले सुर्खेत मात्रै हैन कर्णाली प्रदेशमै आफ्नो छुट्टै पहिचान छ । छरप्रस्ट रहेका काँक्रेविहारका कलात्मक ढुंगाहरु एकत्रित गरेर शिखर शैलीको मन्दिर निर्माण कार्यमा जुट्ने मध्यका एक हुन् सुकुराम डिमडुङ ।

ललितपुरकाे गाेदावरीमा स्थायी ठेगाना भएका उनी पेशाले मुर्तिकार हुन् । काँक्रेविहारको वास्तविकत स्वरुप दिँदै गर्दा उनको कलात्मकशैलीमा वीरेन्द्रनगर नगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष सुरेश मानन्धरको नजर प¥यो ।

आफ्नै वडामा रहेको प्राचिन शीव मन्दिरमा अर्ध नारेश्वरको मुर्ती राख्ने परिकल्पना बुने । उनले यो प्रस्ताव तिनै मुर्तिकार सुकुरामलाई सुनाए । सुकुरामले अर्ध नारेश्वर अर्थात् ‘एउटै ढुंगामा शिवपार्वतीको मूर्ति बनाइदिने वचन दिए’ ।

त्यसका लागि ढुंगाको खोजी भयो । काँक्रेविहार जंगलमा ढुंगा भेटिएपछि वडा कार्यालयले उक्त ढुंगा शीव मन्दिर परिसरमा ल्यायो । तिनै मुर्तिकार सुकुरामले आफ्नो कला ढुंगामा उतारे । १३ वर्षको उमेरमा यो पेशामा लागेको उनले दुई महिनामै अर्ध नारेश्वरको मुर्ति बनाइ दिए ।

अहिले वडा कार्यालयले अर्ध नारेश्वरको मुर्ति स्थापना गरेर दर्शनार्थीहरुका लागि खुला गर्ने कस्तो तयारी थालेको छ भनेर हामीले यो भिडियो सामग्रीमा समेटेका छौं ।

 

तपाईको प्रतिक्रिया