नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । कलाकार अरुण प्रधानलाई दुव्र्यवहार र हातपात गरेको आरोपमा नायक शाह र शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।

सामान्य कुरालाई लिएर युवा जम्मा गरेर आफुमाथि दुव्र्यवहार गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले बिहीबार प्रहरीमा उजुरी दिनु भएको इलाका प्रहरी कार्यालय धरानले बताएको छ । यसै विषयमा छलफल गर्न आज दिउँसो १ बजे दुबै पक्षलाई प्रहरी कार्यालय बोलाएको छ ।

सुनसरीको धरानमा बुधबार राति विवाद र हात हालाहाल भएको घटना भएको थियो । धरान १० मा रहेको खाना घरमा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले निमन्त्रणा गरेको भएपनि शाह आउन नमानेपछि फेसबुकमा राखेको स्टाटसबाट हटाउने भन्दा विवाद परेको हो ।

प्रधानले स्टाटस डिलिट गर्ने जानकारी गराए पनि त्यही विषयमा विवाद गरी शाहका सेक्रेटरीले आफूलाई मुक्का प्रहार गरेको प्रधानको भनाइ छ । प्रधानले शाहको म्युजिक भिडियोको निर्देशक आफ्नो साथी भएकोले छाँयाकनको लागि सबै सहयोग गरेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया