अनुराग कश्यपकी छोरीको खुलासा–अधबैंसे उमेरका व्यक्तिले गरेका थिए यौन उत्पीडन

काठमाडौं । बलिउड फिल्म निर्माता अनुराग कश्यपकी छोरी आलिया कश्यप आजकाल चर्चामा छिन् । आलियाले केही दिन अघि आफ्नो बोल्ड तस्बिर सोसल मिडियामा सेयर गरेकी थिइन् जसमा उनलाई असाध्यै ट्रोलसमेत गरिँदै छ । ट्रोलिङका कारण आलिया असाध्यै दुःखी छिन् ।

अब आलियाले एउटा भिडियो सेयर गरेकी छिन् । यो भिडियामार्फत् आलियाले आफ्नो दुःख प्रशंसकमाझ सेयर गरेकी छिन् र आफूमाथि भएको यौन उत्पीडनबारे पनि कुरा गरेकी छिन् । अलिया कश्यपले एक पोस्ट लेखेर ट्रोल गर्नेहरुमाथि आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

आलियाले लेखेकी छिन्, ‘पछिल्लो केही हप्तादेखि मेरो मानसिक अवस्था ठिक छैन । जबदेखि मैले भित्री वस्त्रमा आफ्नो फोटो सेयर गरेको थिएँ, त्यतिबेला मैले असाध्यै भद्दा र अपमानजनक कमेन्ट गरिएको थियो । मैले पहिले कहिल्यै यति डर महसुस गरिनँ । मैले इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नेबारे पनि सोचेँ । यस्तो प्रकारको व्यवहारले बलात्कारको घटना बढाउँछ जुन देशका हरेक महिलाका लागि गलत हो ।’

तपाईको प्रतिक्रिया