प्रचण्डलाइ जुत्ता प्रहार गर्ने तिरुवाले खोले नयाँ पार्टी

काठमाडाैं । गत वर्ष नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गरेर चर्चामा आएका रतन तिरुवाले नेपाल श्रमिक पार्टी खोलेका छन् । अघिल्लो वर्ष आजैका दिन जुत्ता प्रहार गरेका तिरुवाले त्यहि मिति जुराएर नयाँ पार्टी दर्ता गरेका हुन् ।

आज पार्टी दर्ताको जानकारी गराउँदै वितरित प्रेस विज्ञप्तिमा मुलुकको आर्थिक,सामाजिक र राजनीतिक संकट समाधानको लागि श्रमिक पार्टीको स्थापना भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘नेपाली श्रमजीवी वर्गका जनताको हक,हित र अधिकार सुनिश्चित गर्न नयाँ पार्टी दर्ता गरिएको हो ।’

नयाँ पार्टीले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्दै सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गर्ने,सामन्तवाद दलाल पुँजीवाद, साम्राज्यवाद रविस्तारवादको विरोध गर्दै वैदेशिक हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणका विरुद्ध प्रतिरोध संघर्ष सञ्चालन गर्ने, क्रान्तिकारी भूमिसुधार लागू गर्ने, शासकीय स्वरुप परिवर्तन गरी राष्ट्रपतीय शासन प्रणाली लागू गर्ने मुख्य नीति तथा कार्यक्रमहरू अघि सारेको छ ।

त्यसैगरी,पार्टीको रणनैतिक लक्ष्य वैज्ञानिक समाजवादसहितको साम्यवाद रहेको र जनवादी केन्द्रीयताको सिद्धान्तलाई पार्टीको संगठनात्मक सिद्धान्त मानिएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया