अब सीसीटीभी जडान नगर्ने परीक्षा केन्द्रले त्रिविको परीक्षा सञ्चालन गर्न नपाउने

त्रिभुवन विश्वविद्यालयले आगामी चैत २० भित्र अनिवार्यरूपमा सीसीटीभी जडान गरिसक्न परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधवार एक सूचना जारी गरी सीसीटीभी जडान नगर्ने परीक्षा केन्द्रलाई परीक्षा सञ्चालनबाट वञ्चित गरिने जानकारी गराएको हो ।’त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा सञ्चालन गरिने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रहरूलाई २०७७ साल चैत २० गतेभित्र परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामरा जडान गरी सोको अनुगमन सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई दिई आगामी दिनमा परीक्षा सञ्चालन गर्न त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय भए अनुसार सम्बन्धित सबैलाई यो सूचनाद्वारा सूचित गरिन्छ । साथै उपरोक्त अनुसार व्यवस्थापन नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परीक्षा केन्द्रबाट वञ्चित समेत गरिने व्यहोरा जानकारी गराइन्छ,’ पनिकाको सूचनामा भनिएको छ ।

हेर्नुहोस्, सूचना :

तपाईको प्रतिक्रिया