ढुंगामुढापछि बोल्दाबोल्दै छाडेर निस्किए अर्थमन्त्री

रूपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास कार्यक्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको छ । तनाब बढ्न थालेपछि प्रमुख अतिथि अर्थमन्त्री बिष्णुप्रसाद पौडेल मन्तव्य दिँदादिँदै छाडेर शिलान्यासस्थलबाट बाहिरिएका छन् ।

स्थानीयको अवरोधका बीच अर्थमन्त्री पौडेलले औद्योगिक कोरिडोरको शिलान्यास गरेका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयको व्यवस्थापन नगरी औद्योगिक कोरिडोरको शिलान्यास गर्न लागेको भन्दै कार्यक्रमस्थलमा स्थानीयले नाराबाजी र धर्ना दिएका थिए ।

स्थानीयको नाराबाजीका बीच ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर कोरिडोरको शिलान्यास गरिएको हो । ढुंगा हानाहानमा एक प्रहरी र एक स्थानीय घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया