देउवा, पौडेल र शेखरको एउटै स्वर, प्रधानमन्त्रीमा कांग्रेसको दाबी छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्रीको दाबी नगरेको बताएका छन्। शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलको नेता भावी प्रधानमन्त्री भएपनि आफू प्रधानमन्त्रीको लागि तयार नभएको बताउएका हुन।

महाधिवेशन नजिकिएको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको औँल्याए। उनले भने, ‘मैले प्रधानमन्त्रीको लागि तयार भएको होइन तर विपक्षी दलको नेता भनेको वेटिङ प्राइमिनिस्टर हो। विपक्षी दलको नेता भनेकै अल्टरनेटिभ प्राइमिनिस्टर हो। मैले प्राइमिनिस्टर खान्छु भनेकै छैन। अहिले पार्टीलाई एक गर्दै लानुपर्ने आवश्यकता छ। महाधिवेशन आइसकेको छ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताएका छन्। संसदीय प्रणालीको संरक्षक आफूहरू भएको र संसदीय प्रणालीमा आउनु अवरोध आफूहरूको असफलता हुने भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखी संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रित हुनुपर्नेमा जोड दिए।

संसदीय व्यवस्थालाई क्षति पुर्‍याउने काम आफूहरूले गर्नु नहुने उनको भनाइ छ। उनले भने, ‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ। संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो। त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफूलाई केन्द्रित गरौँ।ु

साथै उनले अहिले संसदबाट कांग्रेसले नै राजनीतिक गाँठो फुकाउन सक्नुपर्नेमा उनको जोड थियो। ुकम्युनिष्ट फेल भइसकेका छन्। संसदीय व्यवस्थाविरुद्ध हतियार उठाउनेहरु एक(एक गरेर असफल भएका छन्। तर, संसदीय व्यवस्थालाई क्षति पुर्‍याउने काम हामीले नगरौँ’उनले भने।

त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने धारणा व्‍यक्त गरे। नेकपा हालसम्म विभाजन नभएको भन्दै नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ उनले सचेत गराए।

उनले भने, ‘नेकपा आजको दिनसम्म विभाजन भएको छैन। नेकपा विभाजन नभई कुनैपनि कदम चाल्दा त्यसले भोलि अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ कि भन्ने मलाइ चिन्ता छु उनले अगाडि भने, ु२ वर्षपछि त निर्वाचन हुने नै छ। त्यो निर्वाचनमा कांग्रेसको नेतृत्वमा हुन सक्यो भने पक्कै पनि हाम्रो भविष्य छ।’

नेता कोइरालाले नेपाली कांग्रेसको भातृ संगठनहरुको अधिवेशन नगरी निस्क्रिय बनाएर पार्टी बनाउन सम्भव नभएको बताए। पार्टीमा नयाँ पुस्ता नआएकोमा चिन्ता व्यक्त गर्दै उनले युवाहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए। thahakabar

तपाईको प्रतिक्रिया