२० वर्ष कसैले हल्लाउन सक्दैन भन्नुहुन्थ्यो, २० महिनामै प्रचण्ड धुलोपिठो हुनुभो : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले न्यायको पक्षमा लड्ने मान्छे कहिल्यै नमर्ने बताएका छन्। कपिलवस्तुको शिवगढी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्काको दास बनेर अन्याय अत्याचारले मर्नुभन्दा लडेर मर्नु धेरै ठूलो कुरा हो।’

जनयुद्धमा अत्याचारमा परेका व्यक्तिहरुको विरुद्ध सरकार लागेको उनले दाबी गरे। सत्यको विरुद्ध बोल्दा सरकारले प्रतिबन्ध गरेर आफ्ना मान्छेलाई गोली हानी मारेको उनले बताए। ‘हामी यहाँ बाल बाल बाँचेका मान्छौँ। यो राज्य हामीलाई धेरै दिन टिक्दैन भनेर हामीले पहिल्यै भनेका थियौँ। सत्ताको बुद्धि कस्तो हुन्छ ुकुु बाटा हिँड्ने मान्छे कति गलत सोच्छ कांग्रेसको घरमा पनि गोली राखेको हुनसक्छ भनेर खोज्यो’ उनले भने।

उनले आफूहरुलाई प्रतिबन्ध गरेर सरकारले अन्याय गरेका बताए। ‘हामीलाई प्रतिबन्ध लगाउने कुरा सत्य थियोरु हाम्रो पार्टीको कार्यकर्तालाई समातेर गोली हान्ने कुरा सत्य थियोरु हाम्रो पार्टीका नेतालाई समातेर गोली हानेर मार्नु के सत्य थियोरु’ उनले भने।

प्रचण्ड र बाबुरामले गलत बाटो चालेको उनले आरोप लगाए। सहिद र बेपत्ता परिवारको अझै न्याय नपाएको उनको भनाई छ। ‘प्रचण्डले हाम्रो एक जना कमरेडलाई बोलाएर भन्नुभएछ, २० बर्ष मलाई कसैले हल्लाउन सक्दैनन् भन्नुभएछ। तर, हामीले छाडेको २० महिना नहुँदै धुलोपिठो भइसक्नुभयो’ उनले भने।

प्रचण्डले माधव नेपाल नभएको भए आफू सकिसक्ने तर्क गरेको समेत बताए। प्रचण्ड हिँडेको बाटो ठिक नभएको उनको भनाई थियो। ‘ओली र प्रचण्ड मिल्दा जनताले सुखी भएर दुई तिहाई पनि दिनुभयो’ उनले भने, ‘सरकार बनाएको एक वर्षपछि उहाँहरुको लडाईँ सुरु भयो। जनताको बिषयमा मात्रै होइन। मेरो मान्छे किन नराखेको भन्दै आफ्नो भागको लडाई भइरहेको छ।’

तपाईको प्रतिक्रिया