कालिकोटमा विप्लव समूहको राजनीतिक गतिविधि बढ्न थाल्यो

 कालिकोट : सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध औपचारिक रुपमा फुकुवा गरिदिएपछि कालिकोटको सदरमुकाम मान्ममा यो यो समूहले राजनीतिक गतिविधि बढाएको छ।

आइतबार कालिकोट सदरमुकाम मान्ममा पत्रकार सम्मेलनसमेत गरी विप्लव नेकपाले पार्टी जनताको एजेण्डामा कसैसँग कुनै पनि हालतमा नझुक्ने बताएको छ।

नेकपाका जिल्ला इन्चार्ज रणदीप, सेक्रेटरी पदम विक (साहसी)ले पत्रकारका बीचमा पार्टीका धारणा सार्वजनिक पनि गरेका छन्। जनताको पक्षमा आफ्ना मुख्य एजेण्डा लिएर वार्ताबाट शान्तिपूर्ण राजनीतिक बाटोमा आएको उनले बताए।

यसअघि शनिबार मान्ममा जनप्रदर्शनसहित प्रतिमाचोकमा कोणसभा गरी जनपक्षमा आफ्नो पार्टी प्रतिबद्ध भएको यो समूहले घोषणा गरेको थियो। प्रतिबन्धपछि गाउँगाउँमा पार्टीले व्यापक राजनीतिक गतिविधि गरे पनि सदरमुकाम मान्ममा भने सकेको थिएन।

केपी ओली नेतृत्वको सरकारले दुई वर्षअघि २०७५ साल फागुन २८ गतेबाट यो समूहमाथि हिंसात्मक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध फुकुवापछि जनपरिचालन, राजनीतिक भेटघाटलगायत राजनीतिक गतिविधिमा विप्लव समूह केन्द्रित हुन थालेको हो।

तपाईको प्रतिक्रिया