ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र दिने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेको छ ।आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन समेत सूचित गरेको छ ।

आयोगले सन्ध्या तिवारीलाई नेकपा एमाले र गोपाल किरातीलाई माओवादी केन्द्रको नाम दिन नसकिने भएकाले नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण आयोगसमक्ष पेश गर्न भनेको छ ।

आयोगले एमाले र माओवादीलाई नयाँ दलको रूपमा पुनः एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि जानकारी गराउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।आयोगले यो सूचना जानकारी र आवश्यक कारबाहीका लागि संघीय संसद सचिवालय, सातवटै प्रदेशसभा सचिवालय र आयोगको कार्यालयमा पठाउनेछ ।

तपाईको प्रतिक्रिया