दृष्टिविहिन हेरविचार केन्द्रलाई आरएमडिसीको सहयोग

सुर्खेत। वीरेन्द्रनगरमा रहेको दुष्टिविहिन हेरविचार केन्द्रलाई आरएमडिसी लघुवित्त वित्तिय संस्थाले सहयोग गरेको छ । सुर्खेत स्थीत दृष्टिविहिन हेरविचार केन्द्रलाई आरएमडिसीको तर्फबाट एक लाख बिस हजार बराबरको सहयोग सामाग्री केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यलाई हस्तान्तरण गरीएको हो ।

उक्त सहयोग सामाग्री कर्णाली प्रदेशका विकट पहाडी जिल्लाहरुमा रहेका विपन्न वर्गका दृष्टिविहिन विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्य छ । संस्थाका कार्यकारी प्रमुख ज्योतीचन्द्र ओझाका अनुसार एमपिथ्रि, एरफोन, ब्रेल पेपर, सेतो छडी लगायतका साम्रगी सहयोग गरिएको छ ।सुर्खेत स्थित बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाको समन्यवमा दृष्टिविहिन हेरविचार केन्द्रलाई सामग्री हस्तान्तरण गरिएको हो ।

यसैबिच आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडका संचालक समिति अध्यक्ष सुजाता जोशी लगाएत संचालक समितिका पदाधिकारी नमीता दिक्षित, समता पन्त, भिमप्रसाद तिमिल्सेना, वासुदेव आचार्य, कार्यकारी प्रमुख ज्योतीचन्द्र ओझा तथा कम्पनी सचिव अनिलकृष्ण जोशीद्धारा सुर्खेत स्थित बौद्ध ग्रामिण बहुृउद्देश्यीय सहकारी संस्थाको अवलोकन तथा निरीक्षण पनि गरिएको छ ।

कार्यक्रममा सम्पुर्ण पदाधिकारीहरुलाई संस्थाका अध्यक्ष सिंहबहादुर गुरुङ्ग, सचिव पासाङ्ग महतरा एवं कार्यकारी प्रमुख बिशाल केसीले स्वागत गरेका थिए । संस्थाको सम्पुर्ण गतिविधिहरुको प्रत्यक्ष अवलोकनपछि सहभागीलाई कार्यकारी प्रमुखले संस्थाको गतिविधि एवं प्रगति विवरणको बारेमा समेत जानकारी प्रदान गरेका थिए ।

आरएमडिसी लघुवित्त वित्तिय संस्थाका संचालक समिति अध्यक्ष सुजाता जोशीले बौद्ध ग्रामिण सहकारीले सहकारी भावना अनुरुप निकै उत्कृष्ठ र उदाहरणीय काम गर्दे आएको बताईन् ।

तपाईको प्रतिक्रिया