‘सल्यान रन फर फन’ प्रतियोगिता

सल्यान । नेपाली सैनिक दिवस तथा महाशिवरात्रको अवसरमा सल्यानमा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन सबुज गण सिमखर्कको आयोजनामा सल्यान ‘रन फर फन’ प्रतियोगिता गरिएको हो। चार चरणमा सञ्चालन गरिएको प्रतियोगितामा पाँच किलोमिटर दूरीमा दौडाइएको थियो ।

५० वर्षमाथिको खुला महिला दौड प्रतियोगितामा प्रथम कमला मजर्हन, द्वितीय सम्झना केसी र तृतीय सम्झना श्रेष्ठ, पुरुषतर्फ वीरबहादुर भडेल प्रथम, जगतबहादुर राना द्वितीय र धिरेन्द्र भण्डारी तृतीय भएका छन् ।

यस्तै, ५० वर्षमुनिको महिला दौडतर्फ विमला केसी प्रथम, अनु गिरी द्वितीय र यशोदा सेजवाल तृतीय भएका छन् । पुरुषतर्फ आकाश केसी प्रथम, सोमबहादुर रावत द्वितीय र ठाकुर प्रसाद चलाउने तृतीय भएका छन् ।

१८ वर्षमुनिको महिला दौडमा तिला बस्नेत प्रथम, बिमा रोका द्वितीय र ओमकुमारी थापा तृतीय भएका छन् । यस्तै, पुरुषतर्फ हेमराज कुंवर प्रथम, शिव घर्ती द्वितीय र सुनिल थापा तृतीय भएका छन् ।

सुरक्षाकर्मीतर्फको महिला दौडमा अस्मिता वली प्रथम, बन्दना चन्द द्वितीय र मीना कार्की तृतीय भएकी छन् भने पुरुषतर्फ खिमबहादुर वली प्रथम, तिलक देवकोटा द्वितीय र विपिननाथ योगी तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक हजार ५००, एक हजार र ५०० रुपैयाँ पुरुस्कारसहित प्रमाण पत्र वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया