राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको किभिसिल्ड खोप लगाउने भएकी छन्। उनले दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महारागञ्जमा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिए।

सरकारले गत फागुन २३ देखि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउँदैआएको छ। गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

तपाईको प्रतिक्रिया