एमसीसी र थ्रेसहाेल्ड विरुद्ध क्रान्तिकारी महिलाद्वारा प्रदर्शन

सुर्खेत । नेपाल मजदुर किसान पार्टी समर्थित नेपाल क्रान्तिकारी महिला संघले सुर्खेतमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रघाती एमसीसी र थ्रेसहाेल्ड विरुद्ध आज प्रदर्शन गरेको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारमा नेतृत्व गर्नेहरुले महिलाहरुको पक्षमा चुनावमा नारा उठान गरेपनि कार्यान्वयन नगरेको आपत्ती जनाउँदै सुर्खेतमा प्रर्दशन गरेका हुन् ।

यरिचौकमा पुगेर सभाको आयोजना गरिएको कार्यक्रमको सम्बोन्धन गर्दै नेपाल मजदुर किसना पार्टीकी केन्द्रीय सदस्य नर्मा गुरुङले वर्गीय चेतनाका आधारमा नारीहरुले सामाजवादी आन्दोलन गर्नुपर्ने अवस्था आएको बताइन् ।

कार्यक्रम नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय अध्यक्ष अनुराधा थापा मगरले क्लारा जेट्कीन, रोजा लग्जेम्वर्ग लगायतका ऐतिहासिक नारी हस्ताक्षरको योगदानमाथि प्रकाश परेकी थिइन् । उनले आमुल परिवर्तनका लागि माक्र्सवादी चिन्तनको औचित्य औल्याएकी थिइन् ।

नेमकिपाका केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले चुनावमा बोलेका कुरा जनप्रतिनीधीले व्यवहारमा उत्रार्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा अधिवक्ता टिकाप्रसाद पाेखरेलले समाजवादकाे खाँचाे बाेकेकाे रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोरा, सह–सचिव शेरबहादुर शाही, नेपाल क्रान्तिकारी महिला संघ सुर्खेतका अध्यक्ष तुलसी खड्का, सचिव जानकी सुनार लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया