अञ्जु र प्रमोदले ल्याए ‘उडायो पछ्यौरी’ (भिडियो)

काठमाडौँ । गायिका अञ्जु पन्त र गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । बाल के। न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा पुस्कर सुनुवारको संगीत संयोजन छ ।

गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियो रोमान्टिक बनेको छ । सिरेन बराल नृत्य, सुबोल थापाको छायाँकन र दीपक गिरीको सम्पादन रहेको भिडियो सिरेन बरालले नै निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया