पाकिस्तानमा बलात्कारको अभियोग लागेका दुईलाई मृत्युदण्ड दिइने

काठमाडौं । पाकिस्तानको एक अदालतले बलात्कारको अभियोग लागेका दुई जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ ।

लाहोरको पूर्वी शहरस्थित एक विशेष अदालतले अविद मेहली र शाफ्कत अलीलाई नामक दुई पुरुषलाई फ्रेन्च मुलकी पाकिस्तानी महिलालाई बलात्कार गरेको अभियोगमा मृत्युदण्डको सजायँ सुनाएको हो । रातको समयमा पेट्रोलेको खाजीमा निस्किएकी ती महिलालाई उनीहरुले दुई बच्चाको सामुन्ने बलात्कार गरि लुटपाट समेत गरेका थिए ।

सन् २०२० को डिसेम्बर ९ माा भएको घटनालाई लिएर पाकिस्तानमा चर्को विरोध भएको थियो । प्रदर्शनमा उत्रिएकाहरुले पीडितलाई न्याय र मुलुकमा महिला सुरक्षाको माग गरेको थिए । पाकिस्तानमा गत डिसेम्बर महिनामा मात्र बलात्कारविरुद्धको नयाँ कानुन पास भएको थियो ।

तपाईको प्रतिक्रिया