पत्रकार महासंघ जुम्लामा अनिश्चितकालिन तालाबन्दी, चुनाव हुन नदिने चेतावनी

जुम्ला। नेपाल पत्रकार महासंघ जुम्ला शाखा कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गरिएको छ । प्रदेश महासंघ र केन्द्रिय महासंघले जिल्लाको निर्णयलाई उल्टाएर नयाँ सदस्यता तथा नविकरण गरेको भन्दै तालाबन्दी गरिएको हो ।

जुम्ला स्थित विभिन्न पत्रकार संगठनहरुले नेपाल पत्रकार महासंघले सिफारिस गरेर पठाएका नयाँ सदस्य तथा नविकरण प्राप्त नभए सम्म जारी रहने गरी महासंघमा उजुरी दिएर तालाबन्दी गरिएको छ । पत्रकार महासंघका पुर्वध्यक्ष समेत रहेका भिम सार्कीलेनै महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गर्दै पुर्वअध्यक्ष सार्कीले खारेजीमा परेका सदस्यहरुको सदस्य आउने र महासंघले सिफारिस गरेका सदस्य नआउने गरी नियतपुर्ण ढंगले भएको निर्णयलाई तत्काल सच्याउन माग गरेका छन् । वर्तमान अध्यक्ष बरम बहादुर महतको सिफारिसमा पठाएका सदस्यता नआएको प्रदेश तथा केन्द्रले हचुवाका भरमा गैर पत्रकारलाई सदस्यता दिएको प्रति जुम्लाका पत्रकार संगठनहरुले विरोध जनाएका छ ।

महासंघमा दिएको उजुरीमा भनिएको छ,“केन्द्र र प्रदेश महासंघले नेपाल पत्रकार महासंघ जुम्लालाई राजनैतिक खोल ओडाएर विभाजन गर्न लगाएको यर्थातलाई चिर्न हामी करिब ७ वटा पत्रकार संगठनहरु विधि र विधान भित्र रहन केन्द्र र प्रदेश महासंघलाई आह्वान गर्दछौ ।” उजुरी बुझाउदै प्रेश यूनियनका अध्यक्ष इश्वरीप्रसाद देवकोटाले पत्रकार महासंघ गैर पत्रकारहरुको अखडा बन्दै गएको बताए ।

क्रियाशिल पत्रकारलाई सम्बोधन गर्ने कुरा त छदैछ । तर जिल्ला महासंघको सिफारिस बेगर नयाँ सदस्यता दिएर प्रदेश र केन्द्र जुम्ला महासंघलाई राजनैतिक अखडा बनाएको उनको आरोप छ ।केन्द्र र प्रदेशले जुम्ला महासंघको निर्णय तथा सिफारिसलाई अक्षरांस पालना नगरे आसन्न चैत २५ गते तोकिएको निर्वाचन प्रभावित हुने समेत चेतावनी दिएका छन् ।

प्रेस सेन्टर,प्रेश यूनियन,प्रेश चौतारी,पत्रकार समाज,मिडिया नेपाल,क्रान्तिकारी पत्रकार समाज र प्रेश मञ्च सहित ७ वटा पत्रकार संगठनहरुले गैर पत्रकारको सदस्यता खारेज गर्नु पर्ने माग सहित उजुरी दिएर तालाबन्दी गरेका छन् । पत्रकार महासघ काठमान्डौले जुम्लाका १ सय ४ जना पत्रकारहरुको नामावली प्रकाशन गरेको छ । जसमध्य नियालेर हेर्दा ९० प्रतिशत गैर पत्रकार रहेका छन् ।

तपाईको प्रतिक्रिया