मैत्रीपूर्ण भलिबल खेलमा पत्रकार टिम विजयी (भिडियाे)

सुर्खेत । वीरेन्द्रनगरमा भएको पत्रकार र चुलीयुवा क्लबबीचको मैत्रिपुर्ण भलिबलमा पत्रकारको टोलीले जित हात पारेको छ। चुलियुवा क्लबको आयोजना र खेलकुद पत्रकार मञ्चको समन्वयमा भएको खेलमा पत्रकारको टोलीले सोझो सेटमा आयोजकलाइ पराजित गरेको हो ।

प्रदेशस्तरिय भलिबल प्रतियोगिताको पुर्व सन्ध्यामा पत्रकार र आयोजकबीच मैत्रिपुर्ण खेल संञ्चालन गरिएको हाे । पहिलो सेटमा २५/­१६ को अन्तरमा हराएको पत्रकारको टोलीले दोस्रो सेटमा २५/­२१ को अन्तरले पाखा लगायो ।

दोस्रो सेटमा शुरुवाती अग्रता लिएको चुलिले आफुलाइ सम्हाल्न नस्कादा नतिजा सुम्पन पुगेको हो । ९­३ को अग्रता बनाएको चुलिले सेटर र डिफेन्डरको तालमेल मिल्न नस्कदा आफु अनुकुलको नतिजा हात पार्न सकेन ।

खेल संञ्चालनको लागी सुर्खेत संञ्चार सेन्टरका हर्षविक्रम खड्का र होटल अशोकाका चिन्तामणी शर्माले आर्थिक सहयोग गरेका थिए । यसैबीच भोलीदेखी कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेशस्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगीताको बिहीबार ११ बजे उद्घटन हुने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले २ लाख हातपार्दा उपबिजेताले १ लाख ५० हजार पाउने आयोजकले जनाएको छ। यस्तै तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउदाँ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ रुपैयाँ पाउनेछन ।

तपाईको प्रतिक्रिया