माधव नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउँदै, जवाफपत्र सार्वजनिक गर्ने

एमाले वरिष्ठ नेता माधव नेपालसहित चार नेताले अध्यक्ष केपी ओलीलाई आज स्पष्टीकरण बुझाउने भएका छन् । गत साेमबार पार्टी केन्द्रीय कार्यालयका तर्फबाट चार नेतालाई स्पष्टीकरण साेध्दै छुट्टाछुट्टै पत्र पठाएर तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिइएकाे थियाे । जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनीसमेत पत्रमा दिइएकाे थियाे । निर्देशनअनुसार चार नेताले छुट्टाछुट्टै पत्र बुझाउन लागेका हुन् ।

नेपाल समूहले ओलीलाई बुझाएपछि स्पष्टीकरणकाे जवाफ सार्वजनिक गर्ने जनाएकाे छ । हिजाे साँझ नेपाल समूहकाे स्थायी कमिटी बैठकमा छलफलपछि नेताहरूले स्पष्टीकरणकाे जवाफ दिने निचाेड निकालेका थिए ।

तपाईको प्रतिक्रिया