एमालेका चार नेताले दिए स्पष्टीकरण, कार्यालय सचिव भन्छन्– पार्टी फुटाउने खालको पत्र छ !

काठमाडौं । नेकपा एमालेका चारजना नेताले पार्टी महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

माधवकुमार नेपालसहितका नेताले अध्यक्ष केपी शर्मा ओलीसँगै स्पष्टीकरण माग गर्दै पत्र लेखेका छन् । उनीहरुले बुझाएको पत्र पार्टी कार्यालय धुम्बाराही पुगेको छ ।

नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावलले स्पष्टीकरण बुझाएका हुन् । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले पार्टी एकता भन्दा पनि विभाजन हुनेगरी पत्र प्राप्त भएको बताए ।

तपाईको प्रतिक्रिया