एमाले डोल्पाका अध्यक्ष रोकायाको कोरोनाबाट मृत्यु

सुर्खेत । नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको निधन भएको छ । कोरोना संक्रमण भई दुई साताअघि पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको आज बिहान निधन भएको प्रदेशसभा सदस्य एवम् उनकी दिदी बद्यीक्वारी बोहराले जानकारी दिइन् ।

२०३६ सालदेखि नै सक्रिय राजनीतिमा लागेका रोकायाको निधनले जिल्लाको कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको भन्दै सहपाठीहरूले दुस्ख जनाएका छन् । रोकायाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने भएको छ ।

तपाईको प्रतिक्रिया