जब अमिताभले सबै निर्मातालाई भने, ‘म आजदेखि रेखासँग कहिल्यै काम गर्दिनँ’

काठमाडौं । बलिउडको सबैभन्दा बढी चर्चामा रहेको अफेयर सुपरस्टार अमिताभ बच्चन र रेखाको थियो । यी दुई बलिउडमा व्यवसायिक जीवनभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा रहे । गहिरो प्रेममा रहेका अमिताभ र रेखाको सम्बन्ध टुटेपछि उनीहरुको विषयमा निकै चर्चा पनि भएको थियो ।

तर, रेखासँग सम्बन्धमा खटपट आएपछि अमिताभ बच्चनले रेखासँग कहिल्यै काम नगर्ने घोषणा समेत गरेका थिए । रेखाले एक अन्तरवार्तामा अमिताभ बच्चनले रेखासँग काम गर्न नचाहेको खुलासा गरेकी थिइन् । रेखाका अनुसार फिल्म ‘मुकद्दर का सिकंदर’ फिल्मका लागि स्क्रिनिङका लागि अमिताभ र जया सँगै आएका थिए । भने रेखा पनि त्यहीँ थिइन् ।

मिडिया रिपोर्टका अनुसार उक्त फिल्मका लागि रिहर्सल गरिएको रेखा र अमिताभको एउटा सीन देखेर जया रोएकी थिइन् । त्यसपछि अमिताभले आफ्ना सबै निर्माताहरुसँग त्यस दिन पछाडि रेखासँग काम नगर्ने बताए । रेखाले यो कुराको जानकारी बाहिरबाट पाएको समेत उक्त अन्तरवार्तामा बताएकी थिइन् ।

रेखाले अमिताभसँग उक्त विषयमा कुरा पनि गरेकी थिइन् । तर अमिताभले यो विषयमा कुरा नगर्न मानेनन् र कहिल्यै उक्त विषयमा प्रश्न नगर्न समेत अनुरोध गरेको रेखाले बताइन् ।

तपाईको प्रतिक्रिया